देशैभरीबाट साढे १३ हजार कैदी फरार

वेलकम खबर
भदौ २५, २०८२

काठमाडौं । देशैभरीका कारागारहरूबाट हालसम्म साढे १३ हजार भन्दा बढी कैदीबन्दी फरार भएका छन् ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले देशैभरीका कारागारहरूबाट अहिलेसम्म १३ हजार ५ सय ७२ जना कैदीबन्दी फरार भएका हुन् । त्यसैगरी हिरासतमा रहेका ५ सय ६० जना थुनुवा पनि फरार भएका छन् । विभिन्न मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका ५ सय ६० थुनुवा फरार भएका हुन् ।  जेजनी युवाहरुले गरेको प्रदर्शनका क्रममा मंगलबार देशैभरी तोड्फोज र आगजनी गरेपछि कैदीबन्दी फरार भएकाे कारागार प्रशासनले जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*