झलनाथ पत्नी रविलक्ष्मी खतरामुक्त, बर्निङ अस्पतालमा उपचार हुँदै
काठमाडौँ । जेन जेड आन्दोलनकारीको आगजनीमा परेकी नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार अहिले उपचाररत छिन् । उनको मृत्यु भएको हल्ला असत्य भएको सोही पार्टीका एक नेताले बताए । हिजोको हिंसात्मक प्रदर्शनका क्रममा आन्दोलनकारीले डल्लुस्थित झलनाथको घरमा पनि आगो लगाइदिएका थिए । त्यसवखत झलनाथ घरबाहिर थिए भने पत्नी रविलक्ष्मी घरमै थिइन् । घरबाट समयमै बाहिर निस्किन नसक्दा उनी आगोमा जलेकी हुन् ।
उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्निङ अस्पतालमा राखिएको छ । चिकित्सकले उनलाई खतरामुक्त भनेको ती नेताले बताए ।रविलक्ष्मीलाई जिउँदै मारियो भनी सामाजिक सञ्जालमा अफवाह फैलाइएको थियो । तर उनी बोल्न सक्ने अवस्थामा रहेको ती नेताले बताए ।



















