नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिह्न
वेलकम खबर
भदौ १९, २०८२
काठमाडौं : नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। बिहीबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा आईजीपी खापुङलाई गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
सरकारले यही भदौ १३ गते खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षकमा नियुक्त गरेको थियो। नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था कायम रहे खापुङ अबको अढाई महिनामै अवकाश हुनेछन्। हालका प्रहरी महानिरीक्षक दीपक थापा हिजोदेखि नै अनिवार्य अवकाशमा गएका छन्।



















