काबेली नदिले चारवटा गाडी बगायो

वेलकम खबर
भदौ १६, २०८२

ताप्लेजुङ। गएराति परेको अबिरल बर्षापछि काबेली नदीमा बढेको पानीको बहावले सिनाम पावर हाउसका दुईवटा ट्रिपर र दुईवटा स्काईभेटर बगाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार तत्काल नम्बर नखुलेका दुईवटा ट्रिपर र दुईवटा स्काईभेटर काबेली नदीले बगाएको हो ।
प्रहरी निरीक्षक बस्नेतका अनुसार घटनाका बारेमा जानकारी आउनासाथ अस्थायी प्रहरी चौकी खाम्दिनेबाट प्रहरी हवल्दार उमेशकुमार उरावको नेतृत्वमा खटिएको प्रहरी टोलीले बगाएकामध्ये दुईवटा स्काईभेटर पावर हाउसदेखि करिव १५-२० मिटर तल तलa डुबेको अवस्थामा देखिएको जानकारी गराएको छ । ट्रिपर फेला नपरेको र खोज तलास भइरहेको प्रहरीले जनाएको छ ।-eujyalopost

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*