ताप्लेजुङ बारमा पुन: भट्टराई सचिवमा प्रसाई

वेलकम खबर
भदौ १६, २०८२

ताप्लेजुङ । नेपाल बार एसोसिएसन जिल्ला अदालत एकाई ताप्लेजुङको अध्यक्षमा पुन अधिवक्ता बलराम भट्टराई निर्वाचित हुनुभएको छ । भट्टराईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती निर्वाचित गरेको हो
शनिबार भएको साधारण सभाले उपाध्यक्षमा अधिवक्ता राम कुमार थापा, सचिवमा अधिवक्ता सन्तोष प्रसाईँ, कोषाध्यक्षमा अधिवक्ता भेषराज पौडेल निर्वाचित हुनुभएको छ  ।

त्यस्तै सदस्यहरुमा अधिवक्ता देवराज मेन्याङ्गबो, अधिवक्ता धनबहादुर थापा, अधिवक्ता बालाहाङ यक्सो, अधिवक्ता ठाकुर सिंह लिम्बु र अधिवक्ता तुलसी प्रसाद अधिकारी चयन हुनुभएको छ । त्यस्तै साधारण सभाले बार एसोसिएन केन्द्रिय पार्षदमा अधिवक्ता वेधनिधि पौडेललाई सर्वसम्मत निर्वाचित गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*