लिपुलेक प्रकरणमा प्रधानमन्त्री ओलीको अडान : नेपालकै भू-भाग, भारत–चीन सम्झौताप्रति आपत्ति

वेलकम खबर
भदौ १४, २०८२

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँगको सौहार्दपूर्ण भेटवार्तामा लिपुलेकसम्बन्धी प्रष्ट आपत्ति राखेका छन्।शुक्रबार चीन भ्रमणको क्रममा भएको द्विपक्षीय भेटमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विभिन्न क्षेत्रमा छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए। उनका अनुसार भेटमा दुबै पक्षले सम्बन्ध अझ सुदृढ बनाउन आवश्यक संयन्त्रहरू सक्रिय रूपमा अघि बढाउने समझदारी गरेका छन्।

सचिव राईका अनुसार प्रधानमन्त्री ओलीले चीन र भारतबीच लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमतिप्रति नेपालको कडा आपत्ति रहेको स्पष्ट रूपमा राष्ट्रपति सी समक्ष प्रस्तुत गरेका थिए। नेपालले सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको पूर्वका सम्पूर्ण भूभाग नेपालकै सार्वभौम क्षेत्र भएको दाबी गर्दै आएको छ। यही आधारमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालमा पर्छ भन्ने अडान नेपालले पुनः दोहोर्याएको हो।

नेपालले यस मामिलामा चीनबाट सहयोग र स्पष्ट समर्थनको अपेक्षा लिएको पनि सचिव राईले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*