डिउटी हिडेका असई भूजेलको निधन

वेलकम खबर
भदौ १३, २०८२

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) इन्द्र भुजेलको मृत्यु भएको छ ।  आज (शुक्रवार)  ड्युटी जाने क्रममा कार्यालय परिवेशबाट बाहिर निस्कदै गर्दा अचानक बेहोस भई ढलेका असई भुजेलको जिल्ला अस्पताल लगेपछि उपचारका क्रममा निधन भएको ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमका जानकारी दिनुभयो उहाँले भन्नुभयो

अचानक बेहोस भइ लड्नु भएका थियो । चाँडो गरी अस्पताल पुरयाएका थियौ तर अस्पतालमा उपचार गर्दा गदै उहाँको निधन भएको प्रनाउ गौतमले जानकारी दिनुभयो । भुजेललाई हृदयघात भएको हुनसक्ने अनुमान गरिएको   भएपनि पोष्टमार्टमबाट मात्रै मृत्युको कारण खुल्ने प्रनाउ गौतमले बताउनुभयो ।  ४५ बर्षिय भुजेलको घर झापा धुलावारी हो मृतक असई श्रीमति पनि नेपाल प्रहरी धुलावारीमा कार्यरत असई भएको छ उहाँको दुई छोरी रहेको समेत प्रनाउ गौतमले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*