तिम्बुङ पोखरी दोश्रो ट्रेल रनको लागि पत्रकार सम्मेलन गर्दै
ताप्लेजुङ । सिदिङबा गाउँपालिकाले आँउदो भदौ २६ गते तिम्बुङ पोखरी दोश्रो ट्रेल रन प्रतियोगितो आयोजना गदैछ । ४ हजार ३ सय ५ मिटरको उचाइमा रहेको पोखरीको प्रचारका आज ताप्लेजुङ सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलन गरेर जानकारी दिईदै छ ।
सिदिङवा वडा १ मा रहेको पर्यटकिय तिम्बुङ पोखरीको प्रचार प्रसार गर्ने उद्देश्यले गत वर्षबाट सुरु भएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइएको हो । सोहीको जानकारी दिनका लागि नेपाल पत्रकार महासंघको सभाहलमा आज शुक्रवार दिउसो ३ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको कार्यक्रम संयोजक अमिर राईले जानकारी दिनुभयो ।
संयोजक राईका अनुसार खुल्लातर्फका प्रथमले ५० हजार, दोश्रोले ३५ हजार र तेश्रोले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै महिलातर्फको प्रथमलाई २५ हजार र स्थानीयतर्फका प्रथमलाई १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने समितिले जनाएको छ ।



















