तिम्बुङ पोखरीको प्रचार गर्न ट्रेल रन प्रतियोगिता हुँदै

वेलकम खबर
भदौ १२, २०८२

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकामा वडा १ मा रहेको सुन्दर तिम्बुङ पोखरीको प्रचारका लागि ट्रेल रन प्रतियोगिता हुने भएको छ ।
४ हजार ३ सय ५ मिटरको उचाइमा रहेको पोखरीको प्रचारका लागि सिदिङवा गाँउपालिकाले आगामी भदौ २६ गते दोश्रो ट्रेल रन प्रतियोगिताको सञ्चालन हुने भएको हो । सिदिङवा गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रको प्रचारका लागि पालिकाले विनियोजन गरेको बजेटमार्फत तिम्बुङ पोखरी संरक्षण तथा व्यवस्थापन समितिले प्रतियोगिताको तयारी सुरु गरेको हो । गत वर्षबाट सुरु भएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइएको हो । प्रतियोगिता खुल्ला, स्थानीय तथा महिला गरि तीन विधामा सञ्चालन गरिने कार्यक्रम संयोजक अमिर राईले जानकारी दिनुभयो ।

संयोजक राईका अनुसार खुल्लातर्फका प्रथमले ५० हजार, दोश्रोले ३५ हजार र तेश्रोले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै महिलातर्फको प्रथमलाई २५ हजार र स्थानीयतर्फका प्रथमलाई १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने समितिले जनाएको छ ।

प्रशस्तै पर्यटकीय क्षेत्र रहेको पालिकामा सिदिङबा गाउँपालिकाले प्रचारप्रसारका लागि विशेष पहल सुरु गरेको छ । गत वर्ष पहिलो ट्रेल रन प्रतियोगिता आयोजना गरेको पालिकाले जेठमा प्रथम सिदिङबा धाम पर्यटन महोत्सव सञ्चालन गरेको थियो । यस्तै चालु आर्थिक वर्षमै ढङ्ढङ्गे झरनाको समेत प्रचारका लागि आवश्यक बजेटको व्यवस्था गरेको छ । मेला, महोत्सव लगायतका अन्य विविध गतिविधिले आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुने पालिकाको विश्वास छ । पर्यटक वृद्धि भए स्थानीयले रोजगारी प्राप्त गर्नुका साथै पालिकाको आन्तरिक राजश्व समेत बढ्ने अनुमान छ । अन्य ओझेलमा रहेका पर्यटकीय क्षेत्रको समेत प्रचारका लागि पालिको योजना अघि सारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*