ताप्लेजुङको तेल्लोक सहित २३ ठाँउमा नयाँ इप्रका स्थापना गर्ने सरकारको निर्णय (सूचीसहित)

वेलकम खबर
भदौ १०, २०८२

काठमाडौं । सरकारले सेवा प्रवाह सहज ल्याउन ताप्लेजुङ सिरिजंघाको तेल्लोक सहित २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना सम्बन्धि प्रस्ताव मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको छ ।

प्रशासन समितिले आवश्यक छलफल गरि कार्यान्वयनका लागि अगाडि बढाउने छ । गृह मन्त्रालय मातहतका जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहलाई थप सहज र सरल बनाउनका लागि एकै पटक ठूलो संख्यामा इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको हो ।

सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचबिच देखिएको असमानतालाई समाधान गर्न २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ । सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचबिच असमानता देखिएका ठाउँमा आगामी दिनमा पनि थप इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको योजना छ ।

देशभर नयाँ ईलाका प्रशासन कार्यालयहरू:-
१. इलाका प्रशासन कार्यालय सिरिजंगा–ताप्लेजुङ
२.इलाका प्रशासन कार्यालय हलेसी–खोटाङ्ग
३.इलाका प्रशासन कार्यालय घोराखोरी–ओखलढुंगा
४. इलाका प्रशासन कार्यालय सुखिपुर–सिरहा
५. इलाका प्रशासन कार्यालय धनुषाधाम–धनुषा
६. इलाका प्रशासन कार्यालय वलरा–सर्लाही
७.इलाका प्रशासन कार्यालय पोखरिया–पर्सा
८. इलाका प्रशासन कार्यालय दुधौली–सिन्धुली
९. इलाका प्रशासन कार्यालय टोखा–काठमाडौं
१०.इलाका प्रशासन कार्यालय धो–डोल्पा
११. इलाका प्रशासन कार्यालय खत्याड–मुगु
१२. इलाका प्रशासन कार्यालय रास्कोट–कालिकोट
१३. इलाका प्रशासन कार्यालय कोल्टी–बाजुरा
१४. इलाका प्रशासन कार्यालय देउरा–बझाङ्ग
१५. इलाका प्रशासन कार्यालय साफेबगर–अछाम
१६. इलाका प्रशासन कार्यालय विपिनगर–डोटी
१७. इलाका प्रशासन कार्यालय गोकुलेश्वर–दार्चुला
१८. इलाका प्रशासन कार्यालय मेलौली–बैतडी
१९. इलाका प्रशासन कार्यालय हेदङ्गवा–संखुवासभा
२०. इलाका प्रशासन कार्यालय गैडहवा–रुपन्देही
२१. इलाका प्रशासन कार्यालय भिमाद–तनहुँ
२२. इलाका प्रशासन कार्यालय सितगंगा–अर्घाखाँची
२३. इलाका प्रशासन कार्यालय खैरहनी–चितवन
१. इलाका प्रशासन कार्यालय सिरिजंगा–ताप्लेजुङ
२.इलाका प्रशासन कार्यालय हलेसी–खोटाङ्ग
३.इलाका प्रशासन कार्यालय घोराखोरी–ओखलढुंगा
४. इलाका प्रशासन कार्यालय सुखिपुर–सिरहा
५. इलाका प्रशासन कार्यालय धनुषाधाम–धनुषा
६. इलाका प्रशासन कार्यालय वलरा–सर्लाही
७.इलाका प्रशासन कार्यालय पोखरिया–पर्सा
८. इलाका प्रशासन कार्यालय दुधौली–सिन्धुली
९. इलाका प्रशासन कार्यालय टोखा–काठमाडौं
१०.इलाका प्रशासन कार्यालय धो–डोल्पा
११. इलाका प्रशासन कार्यालय खत्याड–मुगु
१२. इलाका प्रशासन कार्यालय रास्कोट–कालिकोट
१३. इलाका प्रशासन कार्यालय कोल्टी–बाजुरा
१४. इलाका प्रशासन कार्यालय देउरा–बझाङ्ग
१५. इलाका प्रशासन कार्यालय साफेबगर–अछाम
१६. इलाका प्रशासन कार्यालय विपिनगर–डोटी
१७. इलाका प्रशासन कार्यालय गोकुलेश्वर–दार्चुला
१८. इलाका प्रशासन कार्यालय मेलौली–बैतडी
१९. इलाका प्रशासन कार्यालय हेदङ्गवा–संखुवासभा
२०. इलाका प्रशासन कार्यालय गैडहवा–रुपन्देही
२१. इलाका प्रशासन कार्यालय भिमाद–तनहुँ
२२. इलाका प्रशासन कार्यालय सितगंगा–अर्घाखाँची
२३. इलाका प्रशासन कार्यालय खैरहनी–चितवन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*