एमाले जिल्ला कमिटी सदस्य माथि भएको आक्रमण निन्दा,तत्काल कानुनी कारवाही गर्न माग
ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङले एमाले जिल्ला कमिटी सदस्य तथा आठराई त्रिवेणी गाउँपालिका वडा नं २ को निर्वाचित वडा अध्यक्ष टेकिन्द्र सेन्दाङ र नेकपा (एमाले) जिल्ला कमिटी सदस्य मन कुमार तेङवुङ माथि शनिवार साँझ भएको आक्रमणको निन्दा तथा भत्सर्ना गर्दै आक्रमणकारीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन प्रहरी प्रशासन समक्ष जोडदार माग गरेको छ ।
नेकपा एमाले ताप्लेजुङले पत्रकार सम्मेलन गदै आक्रमणकारीलाई तत्काल कानुनी कारवाही गर्न माग गरेको हो । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा भनिएको छ । हाम्रो देशको मूल कानुन संविधान हो, संविधानले दिएको अधिकारको प्रयोग र कार्यान्वयनमा हाम्रो पार्टी प्रतिवद्ध छ । नागरिकहरूको स्वतन्त्र रुपमा हिँडडुल गर्न अभिव्यक्तिको स्वतन्त्रता मानव अधिकारको उपभोग गर्न पाउने अधिकार कानुनी राज्यमा छ । लोकतान्त्रिक शासन व्यवस्थामा आतङ्क र गुण्डागर्दी गर्ने जो कोहीलाई कानुनी दायरामा राज्यको निकायले ल्याउनु पर्दछ । नेकपा (एमाले) ताप्लेजुङ राजनैतिक हिसाबले सामाजिक कार्यमा जन सरोकारको विषयमा शान्ति सुरक्षा, विकास निर्माण र नागरिकहरू प्रति जवाफदेही र जिम्मेवार हुनुको साथै जनता माझमा सांगठानिक रुपमा स्थापित र जन सङ्गठनहरू समेतले पार्टी र सङ्गठनको तर्फबाट सामाजिक कार्यमा सेवा गर्दै आएको उल्लेख गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी ताप्लेजुङको बैठक सकेर घर फर्कने बेलामा फुङलिङ नगरपालिका ४ तोक्मे डाँडामा नेकपा (एमाले) जिल्ला कमिटी ताप्लेजुङको सदस्य तथा आठराई त्रिवेणी गाउँपालिका वडा नं २ को निर्वाचित वडा अध्यक्ष क। टेकिन्द्र सेन्दाङ र नेकपा (एमाले) जिल्ला कमिटी सदस्य मन कुमार तेङवुङ माथि मिति २०८२ साल भदौ ७ गते पार्टीको बैठक सकेर घर फर्कने क्रममा मोटर साइकलबाट फर्किरहेको वेला साँझ समुहले हमला गरी ज्यान मार्ने उद्देश्य सहित गरेको साङ्घातिक आक्रमण प्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङ जिल्ला कमिटी साथै सिङ्गो नेकपा (एमाले) को गम्भिर रुपमा ध्यानाकर्षण भएको छ । उक्त घट्नामा गम्भिर घाईते हुनु भएको क। टेकेन्द्र सेन्दाङ्गलाई शिघ्र स्वास्थ्य लाभको कामना कामना गरेको छ ।
नेकपा एमाले कार्यवाहक अध्यक्ष दिपेन्द्र पोमूद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । व्यक्ति माथी सुनियोजित रुपमा आक्रमण गर्ने यस्ता खालको अराजक गतिविधिले समाजको शान्ति, सु व्यावस्थामा खलल पुन्याई नागरिकहरूमा गम्भिर त्रास सृजना भएको छ । नागरिकहरूको स्वतन्त्रपूर्वका हिँडडुल गर्ने, संविधानमा भएको कानुनि व्यवस्था र शान्ति, अमनचयन र चुस्त सुरक्षा प्रणालीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) विश्वास गर्दछ । यस किसिमको जघन्य अपराधको घोर भत्सर्ना गर्दै आक्रमणकारीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन प्रहरी प्रशासन समक्ष जोडदार माग गर्दछ यदि प्रहरी प्रशासनले कारवाही नगरे शान्ति सु ब्याबस्था कायम गर्न, गुण्डा गर्दी र आतंकको विरुद्ध नेकपा (एमाले) पार्टीले प्रतिकारको लागि कठोर कदम चाल्न बाध्य हुने समेत चेतावनी दिएको छ ।




















