ताप्लेजुङका आठराईत्रिवेणीका वडा अध्यक्ष माथि आक्रमण,घाईतेको थप उपचारका लागि झापा रेफर
ताप्लेजुङ । नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा आठराई त्रिबेणी गाउँपालिका २ फूलबारीका वडाध्यक्ष एवं टेकिन्द्र सेन्दाङ माथी शनिबार साँझ आक्रमण भएको छ । सदरमुकाम फुङलिङ ४ को तोक्मेडाँडा क्षेत्रमा आक्रमण भएको नेकपा एमालेले जनाएको छ । शनिबार सदरमुकाम फुङलिङ स्थित पार्टी कार्यालयमा जिल्ला कमिटीको छैटौँ बैठक थियो । त्यही बैठकमा सहभागी भएर फर्कने क्रममा आक्रमण हो । सेन्दाङ मोटरसाइकलमा थिए मोटरसाइकल रोकेर आक्रमण गरेको एमाले नेताले बताएका छन ।
यस सम्बन्धमा ताप्लेजुङ प्रहरी प्रमूख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले आक्रमण गर्नेको पहिचान भएको र खोजी कार्य सुरु गरिएको जनाएका छन् । सेन्दाङलाई जिल्ला अस्पताल ताप्लेजुङमा प्राथमिक उपचार पछि थप उपचारका झापा स्थित विएण्ड सी अस्पतालमा रेफर गरिएको छ
अस्पताल स्रोतका अनुसार टाउको, घाँटी लगायत शरीरका बिभिन्न ठाउँमा चोट देखिएको छ ।



















