ताप्लेजुङको सीडीओ शर्माको गृहमा सरुवा, सेढाई आउने भए ताप्लेजुङको सिडियो (सुचीसहित )
ताप्लेजुङ । गृह मन्त्रालयले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी सहित २४ उपसचिवको सरुवा गरेको छ । सरुवामा विभिन्न १२ वटा हिमाली तथा पहाडी जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेका छन ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई गृहमन्त्रालयमा र राष्टिय परिचयपत्र तथा पञ्जिकरण विभागमा सिहंदरवारमा कार्यरत शिवराज सेढाई ताप्लेजुङ प्रजिअ तोकिएको छ ।
त्यस्तै बाजुरा, सोलुखुम्बु, रसुवा, मनाङ, मुगु, रकुम पूर्व, म्याग्दी, कालिकोट, रुकुम पश्चिम, डोल्पा र हुम्लाका सीडीओ फेरिएका छन् । त्यस्तै, सहसचिवहरुको पनि सरुवा गरिएको छ । काठमाडौंमा सहसचिव छवि रिजाललाई जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ । काठमाडौंका सीडीओ ऋषिराम तिवारीको गृहमा सरुवा भएको छ । गृहको कर्मचारी प्रशासन शाखामा सहसचिव जयनारायण आचार्यलाई जिम्मेवारी दिइएको छ ।
हेर्नुस् सूची
.jpeg)
.jpeg)



















