ताप्लेजुङकी छोरी जुनु प्रसाई भ्वाइस युनिभर्सको फाइनलमा भोटिङको लागि सवैसँग आग्रह
ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाँउपालिका वडा ३ हाङपाङमा जन्मिएकी जुनु प्रसाई अहिले सवैसँग भोटको अपिल गदै हिडेकी छिन । नेपाल टेलिभिजनमार्फत प्रसारण भइरहेको ‘मेरो भ्वाइस युनिभर्स’ इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनद्वारा आयोजित कार्यक्रमको फाईनलमा पुगेकी प्रसाई अहिले सवैसँग भोटको अपिल गदै हिडेकी छिन । २३ देशका नेपाली मूलका प्रतिभाशाली गायक, गायिकाले सहभागिता रहेको कार्यक्रममा जुनु अडिसन राउन्डमा जुनु कतार अडिसनमार्फत छनोट भई फाइनलमा पुगेकी हुन् ।
फाइनल प्रवेशपछि जुनु प्रसाईले दर्शक र शुभेच्छुकलाई यस्तो अपिल गरेकी छन् ‘उनी भन्छिन नमस्कार, सेवारसेवारो, म हजुरहरुकै छोरीरचेली जुनु प्रसाई । तपाईंहरूको माया, साथ, सहयोग र हौसलाले ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनलमा पुगेकी हुँ सवैले भोटिङ गरेर सहयोग गरिदिनुहुन अनुरोध छ । फाईनल आउदो साउन ७ गते शनिवार हुदैछ ।
तेह्रथुमको आठराई ह्वाकूबाट शिक्षा तथा सांगीतिक यात्रा सुरु गरेकी उनी हाल झापा बस्दै आएकी छिन । रोजगारीका सिलसिलामा कतारमा रहे पनि आफ्नो सांगीतिक सपना नछाडेकी उनले अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी शोमा दमदार उपस्थिति जनाउँदै फाइनलसम्मको यात्रा तय गरेकी हुन्प्रतिस्पर्धामा उनलाई विजयी बनाउन भोट गर्न सकिन्छ । मोबाइलको म्यासेज बक्समा गएर MVU 06 टाइप गरी 37000 मा पठाउन सकिन्छ, वा My Intra एप डाउनलोड गरी जुनुको प्रोफाइलमा क्लिक गरेर भोट दिन सकिन्छ ।




















