पाथीभरा क्षेत्र विकास समितिले पूर्वमन्त्री देखि पत्रकार सम्मलाई सम्मान गर्यो

वेलकम खबर
भदौ २, २०८२

ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले विभिन्न समयमा पाथीभरा क्षेत्रका प्रचार प्रसार तथा प्रर्बद्धनमा सहयोग पुरयाउने व्यक्तिहरुलाई सम्मान गरेको छ ।
पाथीभरा क्षेत्र विकास समितिले आइतवार सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको हो सम्मानीति हुनेहरुमा पूर्वमन्त्री मणि लामा, पूर्व जिविस सभापति दीपेन्द्र सेन्दाङ,सामाजिक अगुवा तारावीर थापा र पुन्य प्रसाद पौडेल, लेखक राजेश्वर थापा,गीतकार अनिल खड्का र फोटोग्राफर हर्कराज गुरुङलाई पत्रकार म हासंघका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी, रेडियो तमोरका स्टेशन मेनेजर कृष्ण फुरुम्बोलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।
प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराइको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सवैलाई दोसल्ला सहित सम्मान गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिनुभयो । उहाँले नेपाली सेना,नेपाल प्रहरी शसस्त्र प्रहरी ताप्लेजङलाई समेत सम्मान गरेको बताउनुभयो ।

कार्यक्रममा आर्थिक वर्ष २०८१।८२ को प्रगति प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन,पाथीभरा याङवरक गाउँपालिकाका अध्यक्ष केशर मेन्याङवो,प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा लगायतको उपस्थिति रहेको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*