ताप्लेजुङ गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज र सलहेश भिड्दै

वेलकम खबर
साउन ३०, २०८२

ताप्लेजुङ । यस वर्षको अन्तर्राष्ट्रिय आमन्त्रण तेश्रो ताप्लेजुङ गोल्ड कपको फाईनल खेल भोलि (शनिवार) हुदैछ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा हुने खेलमा उपाधिको लागि चर्च ब्वाइज क्बल र सलहेश युवा क्लब बीच प्रतिस्पर्धा गदै छन ।

यस अघि पाथीभरा गोल्ड कपको नामले सञ्चालन भएको पहिलो संस्करणको उपाधि चुमिसकेको चर्च ब्वाइज यो पटकको उपाधि आफ्नो पोल्टामा पर्ने दाउमा छ । यस्तै ताप्लेजुङ गोल्ड कपको दोस्रो संस्करणमा उपविजेतामा चित्त बुझाउन बाध्य सहलेश यो पटक उपाधिका लागि अघि बढ्ने रणनीतिमा रहेको छ ।

लाखेजात्रा सञ्चालन समितिको कार्यालयमा शुक्रबार भएको पत्रकार सम्मेलनमा उपाधिका लागि आफूहरू तयार रहेको दुबै टिमका टिम क्याप्टेन र प्रशिक्षकले बताएका छन् । दुई टिमा राष्ट्र खेलाडी र ए डिभिजनका खेलाडीहरू समावेश भएको पनि जानकारी दिएका छन् ।

लाखेजात्रा पर्वको अवसरमा सञ्चालन गरिएको गोल्डकपको विजेताले नगद सात लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । खेलको सर्वोत्कृष्ट खेलाडीले बाइक प्राप्त गर्दा विभिन्न विधाका उत्कृष्ट खेलाडीले समेत नगद पुरस्कार प्राप्त गर्ने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*