फुङलिङमा रहेको बसपार्क आजबाट सञ्चालनमा ,सवारी चालकलाई नगरपालिकाले पुरस्कृत गर्ने
ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा रहेको बसपार्क आजबाट सञ्चालनमा आएको छ । सदरमुकाम फुङलिङ नगरपालिका वडा ४ मा रहेको बसपार्क आज साउन १५ गते देखि सञ्चालनमा आएको हो । बसपार्कमा सवारी चालकलाई भेला गरेर फुङलिङ नगरपालिका नगर प्रमुख अमिर मादेनले नगरभित्रको बजारमा ट्राफिक जामलाई कम गर्नका लागि बसपार्कबाट बस तथा ट्याक्सी सञ्चालन गरिएको बताउनुभयो ।
उहाँले उत्कृष्ट ट्याक्सी चालकलाई पुरस्कृत गर्ने साथै सवारी चालकलाई फुङलिङ नगरपालिका लेखिएको पोशाक समेत वितरण गर्ने प्रमुख मादेनले जानकारी दिनुभयो । उहाँले ट्राफिक नियमलाई पालन गर्न सबैलाई आग्रह गर्नुभयो । करिब १० करोडको लगानीमा फुङलिङमा बसपार्क निर्माण भएको हो । बसपार्क यस अघि पनि सञ्चालन गरिएको थियो ।




















