ताप्लेजुङको फावाखोलामा बोलेरो दुर्घटना हुदाँ शिक्षिकाको मृत्यु, एक घाईते
ताप्लेजुङ । ताप्लेजुङ फुङलिङ नगरपालिका वडा ११ मा आज विहान भएको सवारी दुर्घटनमा परी एक जनाको ज्यान गएको छ भने एक घाईते भएका छन ।
सदरमुकाम फुङलिङबाट फावाखोला तर्फ जादै गरेको मे १ ज ३२९६ नम्बरको बोलेरो गाडीको ब्रेक फेल भई बाटोबाट अन्दाजी ५० मिटर तल खस्दा गाडीमा सवार एक जनाको मृत्यु भएको र एक जना घाईते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका वडा ११ बस्ने वर्ष २८ की भावाना विश्वकर्मा रहेको प्रहरीले जनाएको हो । उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते चालक सविन विष्टलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याईदै गरेको प्रहरी जनाएको छ ।
घटनाको बारमो थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक विवेक बस्नेतको टोली खटिएको प्रहरी कार्यालयले जनाएको छ । मृतक विक सिकैचा स्थित सरस्वती माविका शिक्षिका रहेको फुङलिङ नगरपालिकाका पूर्व उपमेयर बहादुर भट्टराईले जानकारी दिनुभयो ।



















