ताप्लेजुङमा पूर्वाधार विकास कार्यालय स्थापना

वेलकम खबर
साउन ६, २०८२

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङमा पूर्वाधार विकास कार्यालय स्थापना भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेश अन्तर्गतको पूर्वाधार विकास कार्यालय ताप्लेजुङमै स्थापना भएको हो ।

कार्यालयको उद्‌घाटन कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले गर्नु भएको छ । ताप्लेजुङमै कार्यालय नहुँदा जिल्लावासीले इलाम पुगेर सेवा लिनु पर्ने बाध्यता रहेको थियो । ताप्लेजुङमै पूर्वाधारको शाखा कार्यालय स्थापना भएपछि जिल्लावासीले सहज रुपमा सेवा प्राप्त गर्ने विश्वास लिइएको छ ।

प्रदेश सरकारले १४ ओटै जिल्लामा कार्यालय सञ्चालनमा ल्याउने उद्देश्य अनुसार नै ताप्लेजुङमा पनि स्थापना गरिएको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख शैलेन्द्र कुमार सिंहले बताउनुभयो । कार्यालय स्थापना भएसँगै जिल्लामा हुने विकास निर्माणका कामहरू, सडक, पक्की पुल, झोलुगेँपुल, सहरी सडक, जनता आवास कार्यक्रम, सरकारी भवनलगायत निर्माण तथा मर्मत सम्भारको काम हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*