ताप्लेजुङमा हजार बढी सवारी साधन कारबाहीमा पर्दा आठ लाख राजश्व सङ्कलन

वेलकम खबर
साउन ४, २०८२

ताप्लेजुङ। ताप्लेजुङमा एक वर्षको अवधिमा एक हजार बढी सवारी साधन कारबाहीमा परेका छन् । गत आर्थिक वर्ष २०८१र८२ मा एक हजार ५७ वटा सवारी साधन कारबाहीमा परेका परेका हुन ।

जसमा ३० वटा टिप्पर, दुई वटा बस, तीन सय ७५ वटा कार, जिप र भ्यान  कारबाहीमा परेका छन् । यस्तै  एक सय सात वटा ट्रयाक्टर, चार सय ८२ वटा मोटरसाइकल, ५० वटा टेम्पो र अन्य ११ वटा सवारी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (प्रहरी सहायक निरीक्षक) सुमन अधिकारीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार उक्त सावारी साधन कारबाहीबाट आठ लाख ३१ हजार पाँच सय रुपियाँ राजश्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा भने एक हजार तीन सय सवारी सवारी साधन कारबाहीमा परेका थिए । उक्त कारबाहीबाट सात लाख ४७ हजार रुपैयाँ राजश्व सङ्कलन भएको ट्राफिक प्रहरी सहायक निरीक्षक अधिकारीको भनाई छ ।

जिल्लामा सवारी साधन कारबाही घट्दा राजश्व सङ्कलन भने बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ८४ हजार ५०० रुपियाँ बढी राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*