हेवाखोलामा आएको बाढीले फेरि बगायो डाईभर्सन मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध

वेलकम खबर
साउन ४, २०८२

ताप्लेजुङ । मेची राजमार्गका फिदिम ताप्लेजुङ सडक खण्ड अवरुद्ध भएको छ ।

गएराती आएको बाढीले मेची राजमार्गको पाँचथरको हेवा खोलाको डाईबर्सन बाढीले बगाएपछि मेची राजमार्ग अवरुद्ध भएको छ । बेलिब्रिज बगाएपछि बन्दैगरेको मोडुल ब्रिज पनि भाँचिएपछि डाईबर्सनको भरमा परेको थियो । डाईबर्सनभन्दा माथीबाट बाढी बगिरिहेको छ । राजमार्ग अरुद्धभएपद्धि ताप्लेजुङ र पाँचथरका तिन पालिकामा जाने यातायात ठप्प छ ।
यस्तै तमोर करीडोरको नावा खोला अवरुद्ध छ । फेमे खोलाको डाइसर्बन समेत अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्ग, फिदिम फालोट सडक खण्ड समेत अवरुद्ध भएकोछ । यस्तै जिल्ला प्रवेश गर्ने रवि–दमक सडक खण्डपनि अवरुद्ध भएको छ ।
जिल्लाका विभिन्न ठाँउको सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यसरी डाईभर्ससन बगाएपछि ताप्लेजुङबाट मेची राजमार्ग हुदै तराई झन समस्या भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*