मन्त्रीले रोपे धान, यसरी मनाईयो ताप्लेजुङमा धान दिवस (फोटो फिचर)

वेलकम खबर
असार १५, २०८२

ताप्लेजुङ। ।धान बालीमा सघनता खाद्य सुरक्षा र आत्म निर्भरता भन्ने नाराका साथ २२ औं धान दिवस ताप्लेजुङमा भब्क्य रुपमा मनाइएको छ ।
ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्मको आयोजनना धान दिवस मनाइएको छ । राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल जिल्ला समन्वय समिति ताप्लेजुङको आयोजनामा धान दिवस मनाइएको हो ।धान दिवसमा स्थानीय कृषकसहित कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङ्गाम, फुङलिङ नगरपालिकाका नगर उपप्रमुख भिमादेवि ओझा ,जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण लिङखिम,प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा,नेपाल प्रहरी ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक बेदप्रकाश गौतम,शसस्त्र प्रहरी बल कञ्चनजंघा गुल्मका गुल्मपति नरेश महर्जन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य खेलप्रसाद बुढाथोकी (पराग)नेकपा एमालेका सचिव सन्तोष चाम्लिङ लगायतको उपस्थितिमा सबैले धान रोपेर धान दिवस मनाइएको राष्ट्रिय कृषक समूह महासङ्घ ताप्लेजुङले जनाएको छ ।

यता ताप्लेजुङमा गत वर्षको तुलनामा धान रोपाइँ घटेको छ । गत वर्ष यो अवधिमा २९।४ प्रतिशत रोपाइँ भएकोमा यो वर्ष १७।८५ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र ताप्लेजुङका सूचना अधिकारी सशिकुमार सिं ले जानकारी दिनुभएको छ । उहाँका अनुसार पानी कम परेकोले रोपाइँ पनि कम भएको हो । तर, यो वर्ष सरदारभन्दा धेरै पानी पर्ने भएकाले रोपाइँ धेरै हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

 

   

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*