सोलुखुम्बुका राईले जिते कञ्चनजंघा हाफ म्याराथनको उपाधि

वेलकम खबर
बैशाख १५, २०८२

ताप्लेजुङ । कन्चनजङ्घा साहसिक हाफ म्याराथन प्रतियोगिताको उपाधि सोलुखुम्बुका अर्जुन कुलुङ राईले हात पार्नुभएको छ ।विश्व तेश्रो तथा नेपालको दोश्रो अग्लो हिमाल कन्चन्जङ्घाको प्रवर्द्धनका लागि आयोजित हाफ म्याराथन प्रतियोगिताको राईले हात पार्नुभएको हो ।

सिरीजङ्घा गाउँपालिकाद्वारा आयोजित जिरीजङ्घा पर्यटन महोत्सव अन्तर्गतको प्रतियोगितामा दुई घण्टा छ मिनेट २५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै राइले उपाधी जित्नु भएको हो ।
यस्तै जुम्लाका धीरज बहादुर बुढा प्रतियोगितामा दोश्रो बन्नु भएको छ। बुढाले निर्धारित दुरी दुई घण्टा छ मिनेट ४६ सेकेण्डमा पार गर्दै दोश्रो हुनुभएको म्याराथन ब्यबस्थापनका संयोजक निक्की नेम्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा दुई घण्टा दश मिनेट ११ सेकेण्डमा दुरी पार गर्दै ताप्लेजुङका बिबिसन लिम्बू तृतिया बन्नु भएको छ ।
प्रथम हुनु भएका राईले दुई लाख आठ हजार पाँच सय छयासी रुपियाँ, दोश्रो हुनु भएका बुढाले एक लाख आठ हजार पाँच सय छयासी र तेश्रो हुनु भएका लिम्बूले ५८ हजार पाँच सय छयासी रुपियाँ सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।यस्तै प्रतियोगीतामा चौँथो देखि दशौं स्थानसम्म आइपुग्ने धाबकलाई नगद आठ हजार पाँच सय छयासी रुपियाँ सहित प्रमाण पत्र प्रदान गारिएको महोत्सव मुल आयोजक समितिका संयोजक तथा पालिका उपाध्यक्ष डाक्टर चित्र कुमार माबोले जानकारी दिनुभयो ।
कन्चनजङ्घा हिमाल आरोहण तथा भ्रमणकाका लागि आउने पर्यटकको सहजताका निम्ति पालिकाले निर्माण गरेको नयाँ पैदलमार्गमा म्याराथन प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । पालिकाको ८ नम्वर वडा याम्फुदिनस्थित नयाँ झोरेनी देखि दन्डु डाँडासम्मको पैदलमार्गमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*