ताप्लेजुङको अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड माघ २७ गतेदेखि ३० सम्म

ताप्लेजुङ । आगामी माघ २७ गतेदेखि ३० गते सम्म ताप्लेजुङको अन्तरपालिका स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ । मैवाखोला गाउँपालिकाको संयोजनमा पालिकाको केन्द्र साँघुस्थित नारायणी माद्यमिक बिद्यालयको खेलमैदानमा सञ्चालन हुने जिल्ला खेलकुद बिकास समिति ताप्लेजुङले जनाएकोछ । जिल्ला खेलकुद बिकास समिति ताप्लेजुङले शनिबार आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता सञ्चालन बारे जानकारी गराएको हो । ताप्लेजुङमा ९ वटा स्थानीय तह रहेको जिल्लाका सबै पालिकाले पालिका स्तरीय प्रतियोगिताबाट खेलाडी छनोट गरिसकेका छन् । कोशी प्रदेशको जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराउनका लागि यस प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरिने बताइएको छ । ४ दिनसम्म जारी रहने प्रतियोगिता सम्पन्न गर्नका लागि करिब २० लाख रुपैयाँ लागत लाग्ने समितिको अनुमान रहेको छ । जिल्लामा ६६ स्वर्ण, ६६ रजत र ७० कास्य पदकका लागि प्रतिष्पर्धा हुनेछ । उक्त कार्यक्रममा मैवाखोला गाँउपालिका अध्यक्ष बिजय प्रकाश वनेम र खेलकुद समितिका अध्यक्ष गणेश माबो उपस्थिती रहेको थियो ।