मादेनको नेतृत्वमा नया लाखेजात्रा गोल्डकप संचालक समिति चयन

ताप्लेजुङ।सागर मादेनको अध्क्षतामा १५ सदस्यीय लाखेजात्रा सञ्चालन समितिको चयन भएको छ । समितिको आज सम्पन्न १६ औँ साधारण सभाले समितिको उपाध्यक्षद्वयमा असोक थेबे, हर्कराज सुनुवार, सचिब टिकेन्द्र नेपाली, सह-सचिबमा डिल्ली गुरुङ, कोषाध्यक्षमा दावा शेर्पा सर्वसम्मत चयन हुनुभएकोछ ।
यस्तै सदस्यहरुमा पूर्ण गुरुङ, लाक्पा शेर्पा, जीत थेबे,सन्तोष गुरुङ, दिपेश खवास, जीवन इवाराम,गीता पालुङ्वा, उत्सब साँबा र कमल लेछर्बो चयन हुनुभएको निबतमान अध्यक्ष देबराज गुरुङले बताउनु भयो । समितिको कार्यकाल २ बर्ष रहने समितिको विधानमा उल्लेख छ ।