ताप्लेजुङको फुलबारीमा आगामी असोज २० गतेदेखि खुल्ला वडा स्तरिय पुरुष तथा महिला फुटबल प्रतियोगीता हुँदै
ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ फुलबारीमा खुल्ला वडा स्तरिय पुरुष तथा महिला नकआउट फुटबल प्रतियोगीता हुने भएको छ ।ओएसिस युनाईटेड क्लबको आयोजनामा आगामी असोज २० गतेबाट प्रतियोगिता सुरुहुने क्लबका सह(सचिव अनुप सेन्दाङले बताउनु भयो । सेन्दाङका अनुसार प्रतियोगीतामा पुरुष तर्फका बिजेता र उपबिजेताले क्रमशः नगद १ लाख ११ हजार १ सय ११ र ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ३ बर्षे ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने,यस्तै महिलातर्फ बिजेता र उपबिजेताले नगद २५ हजार र १५ हजार सहित ३ बर्षे ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएकोछ ।
आयोजकले प्रतियोगितामा भाग लिनका लागि पुरुष तर्फ ५ हजार र महिला तर्फ १ हजार ५ सय रुपैयाँ इन्ट्री शुल्क निर्धारण गरेकोेछ । बिजया दशमी, तथा शुभ दिपावालीको अवसरमा हुन लागेको प्रतियोगिताको प्रायोजक आठराई त्रिवेणी गाउँपलिका रहेकोछ । प्रतियोगीता फुलबारीको महभिर खेलमैदानमा संचालन हुनेछ । प्रतियोगीता संगै सागितीक तथा सांस्कृतिक कार्यक्रम पनि हुने आयोजकले जनाएको छ ।