सिराहाले पक्का गर्यो मोरङसँगको उपाधि लागि भिडने
ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको आज भएको दोस्रो सेमिफाइनल खेलमा सहलेश फुटबल क्लब सिरहा फाइनलमा प्रवेश गरेको छ ।
शनिबार सम्पन्न प्रतियोगिताको दोस्रो सेमीफाइनल खेलमा सिराहाले बिर्तामोड युनाइटेड फुटबल क्लब झापालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पराजित गर्दै सोमबार हुने उपाधि भिडन्तका लागि मोरङको सगरमाथा युथस्पोटिङ क्लबको अगाडि आफूलाई उभ्याएको हो।
निर्धारित ९० मिनेटमा दुवै टिमबाट १ – १ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुवै टिमबाट गोल हुन नसकेपछि नतिजा टाइ ब्रेकरबाट लिएको हो।
खेलको १८औँ मिनेटमा सलहेसले अग्रता बनाएको थियो। उसका लागि स्ट्राइकर ग्लोरीले गोल गरे । पहिलो हाफमा पछि परेको बिर्तामोड खेलकुद ५६औ मिनेटमा फर्कियो। उसका लागि सौरभ लिम्बुले गोल गरे ।दोस्रो भावभरि निरन्तर आक्रमण बुनेको बिर्तामोडले गोल गर्ने केही सुन्दर अवसर भने गुमाउन पुग्यो ।
सलाहिसको तर्फबाट भने दोस्रो हाफमा गतिला प्रदर्शन खासै हुन सकेनन् ।निर्धारित र अतिरिक्त समय सकिएपछि को पेनाल्टी सुटआउटमा सलह यस भाग्यमानी ठहरियो उसका लागि जय गुरुङ,आदित्य शाक्य,सन्तोष खत्री र प्रवेश दनुवारले गोल गरे भने सुजन गौतमले आउट प्रहार गरे ।
बिर्तामोडका लागि युसुफ थपलिया र रोहन कार्कीले पेनाल्टी सुटआउटमा गोल गर्न सफल भए निमा तामाङले गरेको प्रहारलाई सलहेशका गोलकिपर प्रदिप भण्डारीले ब्लक गरिदिए भने सौरभ सुब्बाले गरेको प्रहार साइड पोलमा लागेर आउट हुन पुग्यो।आजको खेलको म्यान अफ दि म्याच सिरहाका गोलकिपर प्रदिप भण्डारी बनेका छन्। उनले नगद रु. ५ हजार प्राप्त गरे।
सलहेश फुटबल क्लबले अब सोमबार मोरङको सगरमाथा स्पोर्टिङ क्लबसँ उपाधि भिडन्तमा खेल्नेछ।यस अघि मोरङले शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङको सङ्घर्ष स्पोर्टिङ क्लबलाई २ – १ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ।विभिन्न आठवटा टिम सहभागी प्रतियोगिताको विजेताले नगद रु. ५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले २ लाख ५० हजार ५५५ प्राप्त गर्ने छ।