मर्स्याङ्दीमा खसेको भारतीय बसमा थिए ४१ यात्रु (नामावलीसहित)

वेलकम खबर
भदौ ७, २०८१

तनहुँ  ।  तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङदी नदीमा खसेको बसमा ४१ जना यात्रु रहेको खुलेको छ। पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस दुर्घटना शुक्रबार दुर्घटनामा परेको थियो।

उक्त दुर्घटनाग्रस्त बसमा चालक र सहचालकसहित ४१ जना यात्रु रहेको प्रहरीले जनाएको छ। चालक र सहचालकको नाम खुलिसकेको छैन।अहिलेसम्म १४ जनाको शव भेटिएको र १६ जना घाइतेको उद्धार भएको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए।उक्त बसका यात्रुहरू भारतको गोरखपुरबाट आएको प्रहरीले जनाएको छ।उनका अनुसार, पोखराको मझेरी रिसोर्टमा बसेर यात्रुहरू बिहानै काठमाडौँतिर लागेका थिए। उनीहरू भदौ ५ (बुधबार) पोखरा आएका थिए। पोखरस्थित उक्त होटलमा थप विवरण बुझ्नका लागि अहिले प्रहरी टोली पुगेको छ।

अहिले उद्धार कार्य जारी छ।

३९ जना यात्रुको सूची:

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*