रुपन्देहीलाई पाखा लगाउदै मोरङ सेमिफाईनलमा

मदन गौतम
भदौ ५, २०८१

ताप्लेजुङ ।  बुटबल लुम्बिनी फुटबल क्लब रुपन्देहीलाई पाखा लगाउदै सगरमाथा युथ क्लब मोरङ अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको सेमिफाईनमा  प्रवेश गरेकोछ ।

आजको प्रतियोगितामा मोरङले बुटबललाई  १–० गोल अन्तरले जित निकालेको हो ।आजको तेस्रो क्वाटर फाईनलमा सगरमाथा युथ क्लब मोरङका सुसिल राईले खेलको १९ औ मिनेटमा गरेको गोल नै मोरङको जितका लागि प्रयाप्त  बनेको थियो । खेलमा असोक खवास म्यानअफद म्याच भए । उनले नगद पाच हजार सहित मेडल प्रमाण पत्र प्राप्त गरेकाछन ।

चार जना विदेशी खेलाडी सहित मैदानमा उत्रेको बुटवल लुम्बिनी पर्याप्त मुभ बनाएर गोल गर्न चुक्दा घर पर्किएकोछ । सगरमाथा युथ क्लब मोरङले फाईनलमा पुग्न भाद्र ८ गते संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङसँग सेमिफाईनलमा स्थान पक्का गरेकोछ । प्रतियोगिताको अन्तिम क्वार्टर फाइनल खेल अन्तर्गत समूह विका विभागिय टिम त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौ र विर्मामोड युनाईटेड फुटवल क्लब झापा भोलि (विहीवार)  दिनको ठिक २ः३० बजे मैदान आमुने-सामुन्ने हुदैछन । भाद्र ६ गते हुने अन्तिम क्वाटर फाईनलको विजेताले सलहेश युवा क्लब सिराहा प्रतिस्पर्धी प्राप्त गर्नेछ ।

भाद्र ३ गतेबाट उत्घाटन भएको  प्रतियोगिता अगामी भाद्र १० गते सम्पन्न हुदैछ । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा भानुजन माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित खेलको विजेताले नगद ५ लाख उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने भएका छन् । खेलका विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*