२० सरकारी वकिलको सरुवा, ताप्लेजुङमा खत्री को कहाँ ? (सूचीसहित)
काठमाडौँ । न्याय सेवा आयोगले २० सरकारी वकिलहरूको सरुवा गरेको छ । आज (शुक्रबार) बसेको न्याय सेवा आयोगको बैठकले विभिन्न सरकारी वकिल कार्यालयमा कार्यरत रहेकाहरूको सरुवा गरेको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको आयोगको बैठकले सहन्यायाधीवक्ता तहका १० र उपन्यायाधीवक्ता तहका १० जनाको सरुवा गरेको हो । न्याय सेवा आयोगमा प्रधानन्यायाधीश, वरिष्ठतम न्यायाधीश , लोक सेवा आयोगका अध्यक्ष, कानुनमन्त्री र महान्यायाधिवक्ता सदस्य हुने कानुनी व्यवस्था छ ।
सरुवा हुनेमा उमाकान्त पौडेललाई उच्च सरकारी वकिल कार्यालय नेपालगन्जबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको छ । त्यस्तै मिना गुरुङलाई धनकुटाबाट महान्यायाधिवक्ता कार्यालयमा सरुवा गरिएको छ । त्यस्तै उच्च सरकारी कार्यालय पाटनका कार्यरत उपन्यायाधिवक्तामा कार्यरत महेशप्रसाद खत्रीलाई जिल्ला सरकारी वकिल कार्यालय ताप्लेजुङ सरुवा गरिएको छ ।


















