३४ अंक बढ्यो सेयर बजार

वेलकम खबर
साउन ३०, २०८१

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ३४.२९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २९५७ अंकमा कायम भएको छ । यस दिन कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन २१ अर्ब ५१ करोडको कारोबार भएकोमा आज २३ अर्ब ४३ करोडको भयो ।

बैंकिङ ०.७२, विकास बैंक ३.०७, फाइनान्स ७.६७, होटल तथा पर्यटन २.३७, हाइड्रोपावर १.९१, लगानी २.४९, उत्पादन ०.६४, निर्जीवन बीमा ०.७४, अन्य ०.८३ तथा व्यापार ०.३९ प्रतिशत बढे । माइक्रोफाइनान्स ०.७० तथा जीवन बीमा ०.०८ प्रतिशत घटे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*