‘ताप्लेजुङको तोक्पेगोलामा पर्यटन तथा चौँरी महोत्सव आजबाट शुरु

वेलकम खबर
साउन २५, २०८१

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला ५ तोक्पेगोलामा पर्यटन तथा चौँरी महोत्सव आजबाट सुरु हुँदैछ । २८ गते सम्म सञ्चालन हुने उक्त महोत्सवको आयोजना हिमाली तोक्पेगोला युथ क्लबले गरेको हो ।
महोत्सवमा विभिन्न विधाका खेलकुद साथै मनोरञ्जनात्मक कार्यक्रम हुने महोत्सवका मूल आयोजक समितिका प्रचार प्रसार संयोजक नुपु छिरिङ शेर्पाले जानकारी दिएका छन । यो समयमा पुरुष भलिबल प्रतियोगिता, खुल्ला हाल्फ म्याराथन प्रतियोगिता र प्यारासो प्रतियोगिता सञ्चालन हुने उनले बताए ।

भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख ११ हजार १११ रुपैयाँ सँगै ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् भने दोस्रो हुनेले ७१ हजार १११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने मूल आयोजक समितिका आर्थिक संयोजक प्रताप साँवाले बताए ।

समुद्र सतहदेखि करिब ३ हजार ७ सय मिटरको उच्चाईमा खेलाइएको भलिबल प्रतियोगितालाई नेपालकै उच्च स्थानमा सञ्चालन गरिएको आयोजकको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*