पत्रकार जवेगुलाई फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार

वेलकम खबर
साउन २३, २०८१

काठमाडौ ।  इलामका पत्रकार सटेन्द्र जवेगुलाई फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) विज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य सटेन्द्र सहित ६ जनालाई सम्मान गर्ने जनाएको छ । फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८१ विजयरत्न तुलाधार र पुष्पहरि क्याम्पा राईलाई प्रदान गरिने भएको छ ।

फोनिज मातृभाषा पत्रकारिता सम्मान थारु भाषाको पत्रिका लौव अग्रासनलाई दिइने भएको छ । सटेन्द्रसंगै फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ विष्णु तामाङ र खिमा गुरुङलाई प्रदान गरिने फोनिका कार्यबाहक महासचिव समिर बलामीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । फोनिजले स्थापना दिवसका अवसरमा यी पुरस्कारहरु प्रदान गर्दै आएको छ।

यहि साउन २७ गते स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजना हुने कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ । फोनिजले यो स्थापनाको २५ वर्ष पुरा गरि २६ वर्ष प्रवेश गरेको अवसरमा रजत बर्ष पनि मनाउँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*