एमाले प्रदेश अध्यक्षहरूको हैसियत घटुवा

वेलकम खबर
साउन २२, २०८१

काठमाडौँ । नेकपा (एमाले)ले प्रदेश अध्यक्षहरूको हैसियत घटुवा गरेको छ । यसअघि आफैँले गरेको निर्णय उल्टाउँदै एमालेले प्रदेश कमिटी अध्यक्षहरूको हैसियत घटुवा गरेको हो । यसअघि केन्द्रीय कमिटीको पदेन सदस्यको हैसियतबाट पोलिटब्यूरोको हैसियत दिइएको थियो । तर मंगलबार सार्वजनिक भएको एमालेको अन्तरपार्टी निर्देशनमा प्रदेश कमिटीका अध्यक्षको हैसियत पुनः केन्द्रीय कमिटीको पदेन सदस्यमा झारिएको छ ।

यस्तो छ अन्तरपार्टी निर्देशन

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु