तोप्पेगोला पर्यटन तथा चौंरी महोत्सवमा २५ देखि ३० लाख खर्च हुने
ताप्लेजङ । ओझेलमा रहेका पर्यटकीय स्थलको खेलकुदको माध्यमबाट प्रचारप्रसार गर्नका लागि ताप्लेजङको मिक्वाखोला गाउँपालिका ५ पापुङ स्थित समुद्र सतहदेखि करिब ३७ सय मिटरको उचाइमा अवस्थित तोक्पे गोलामा आगामी श्रावण २५ देखि २८ गतेसम्म महोत्सव सञ्चालन हुँदैछ।‘ तोक्पे गोला पर्यटन तथा चौंरी महोत्सव मूल आयोजक समितिले आइतबार आज सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी पूरा भएको जनाएको हो । महोत्सव सम्पन्न गर्नका लागि विभिन्न शीर्षकमा करिब २५ देखि ३० लाख रुपैयाँसम्म खर्च हुने आयोजकले अनुमान गरेको छ। विभिन्न प्रतियोगिताका पुरस्कारहरु देश तथा विदेशमा रहेका दाताहरूबाटसंकलन गरिएको आर्थिक संयोजक प्रताप साँवा लिम्बुले वताउनुभयो । महोत्सवमा सञ्चालन हुने खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख ११ हजार १सय११ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।उक्त पुरस्कार रेडपाण्डा होटल न्युयोर्क अमेरिकाका प्रोप्राइटर सन्तोष शेर्पाले प्रायोजन गर्नुभएको हो। त्यस्तै भलिबल तर्फकै दोस्रो हुने टिमले ७१ हजार १सय ११ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ। उक्त पुरस्कार हिमालयन कन्स्ट्रक्सनका प्रोप्राइटर इन्द्र केदमले सौजन्य गर्नुभएको हो।भलिबल प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको बताइएको छ। महोत्सवमै हुने खुल्ला हाफ म्याराथन तर्फ प्रथमले नगद रु ३० हजार प्राप्त गर्ने बताइएको छ । उक्त पुरस्कार ताप्लेजुङ बिल्डर्स प्रालीका प्रोप्राइटर निमा शेर्पाले प्रायोजन गर्नुभएको हो। दोस्रो पुरस्कार २० हजारसहित प्रमाणपत्र रहेको छ। उक्त पुरस्कार ढोकप्या क्लब न्यूयोर्कका अध्यक्ष ओङ्दी शेर्पाले प्रदान गर्नुभएको हो। त्यस्तै, हाफ म्याराथनतर्फ नै तेस्रो हुनेले नगद रु १० हजार सहित प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ। प्रतियोगितामा सञ्चालन हुने पारस्यो खेलमा प्रथमले १५००० सहित प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ । उक्त पुरस्कार अरुण कन्स्ट्रक्सनका प्रोप्राइटर अर्जुन शेर्पाले प्रायोजन गर्नुभएको हो भने दोस्रो पुरस्कार १० हजारसहित प्रमाणपत्र रहेको प्रचारप्रसार संयोजक शेर्पाले बताउनुभयो। महोत्सवले त्यस क्षेत्रको प्रचारप्रसारमा टेवा पुर्याई पर्यटकको सङ्ख्यामा वृद्धि गर्ने तथा जिल्लाको अर्थतन्त्रलाई समेत चलायमान बनाउने उद्देश्यका साथ महोत्सवको गरिएको आयोजकले बताएकाछन । स्थानीय सरकारसमेतले पर्यटकीय क्षेत्रमा लगानी गर्नुपर्ने रहेछ भन्नेमा थप उत्साहित हुने आयोजकले विश्वास लिएको छ। घुम्नैपर्ने ठाउँहरूमध्ये मिक्वाखोला गाउँपालिकाका विभिन्न क्षेत्रलाई समेत पर्यटकहरूको रोजाइको केन्द्र बनाउन यो महोत्सवको महत्त्व रहेको उल्लेख गरिएको छ । ।महोत्सवको अवसरमा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता ,खुल्ला हाफ म्याराथन प्रतियोगिता तथा प्यारास्सो खेलहरू सञ्चालन हुनेछन्।यी उल्लेखित खेलहरूमा सहभागिता जनाउने खेलाडीहरूलाई निःशुल्क खाने तथा बस्नका लागि प्रबन्ध गरिएको प्रचारप्रसार संयोजक नुपु छिरिङ शेर्पाले बताउनु भयो ।



















