सांसदले रोष्ट्रमबाटै भने–मैले नै हिजो मात्र पाँच हजार घुस दिएर आएँ

वेलकम खबर
साउन ६, २०८१

काठमाडौँ । जनता समाजवादीका सांसद वीरेन्द्र महतोले बिचौलिया र भ्रष्टाचारले जरा गाडेको बताएका छन् । हालै मात्र आफूले पाँच हजार रुपैयाँ घुस दिनु परेको उनले संसदको राष्ट्रमबाटै सुनाए । विश्वासको मत लिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राखेको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै जसपाका सांसद महतोले निजामती कर्मचारीको तलब निकै कम भएको बताए ।

तलब कम भएका कारण उनीहरूले घुस खाने गरेको भन्दै उनले भने, ‘म भूपू मन्त्री, मैले नै हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा पाँच हजार घुस दिएर आएको छु ।’ उनका अनुसार छोराको सर्टिफिकेट इक्युभ्यालेन्ट गर्नुपर्ने थियो । ११ बजे गएको छोरालाई त्यो मिलेन भनेर ३ बजेसम्म काम नगरिदिएको उनले बताए ।

‘म आफै गएँ, एउटा अधिकृतले कागज मिलेको छैन भन्यो’ त्यसपछि चिया खाने समय भयो भन्दै बाहिर गएको भन्दै उनले भने, ‘४ बजेसम्म कुरें (कर्मचारी) आएनन्, म गएर बिचौलियालाई पाँच हजार दिएँ, ५ मिनेटमा काम भयो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*