ओली सरकारमा ४ दल सहभागी, यस्तो छ २२ सदस्यीय मन्त्रिपरिषद् को को बने मन्त्री? (सूचीसहित)
काठमाडौ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन्। राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गरेसँगै ओलीले मन्त्रिपरिषद् गठन गरेका हुन्।
उनले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्। प्रधानमन्त्री ओलीले गरेको सिफारिस अनुसार राष्ट्रपति पौडेलले मन्त्रीहरू नियुक्त गरेका हुन्। उनीहरूको शपथ अहिले भइरहेको छ।
यी हुन् प्रधानमन्त्रीसहितका मन्त्री:
केपी शर्मा ओली, प्रधानमन्त्री
प्रकाशमान: उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री
विष्णु पौडेल: उपप्रधानमन्त्री तथा अर्थमन्त्री
पृथ्वी सुब्बा गुरुङ: सञ्चारमन्त्री
रमेश लेखक: गृहमन्त्री
शरदसिंह भण्डारीः श्रम, रोजगार तथा सामाजिक सुरक्षा
डा. आरजु देउवा : परराष्ट्रमन्त्री
प्रदीप यादव: खानेपानीमन्त्री
बलराम अधिकारीः भूमि व्यवस्था मन्त्री
दामोदर भण्डारीः उद्योग मन्त्री
नवलकिशोर शाहः महिला तथा बालबालिकामन्त्री
देवेन्द्र दाहालः भौतिक पूर्वाधारमनत्री
तेजुलाल चौधरीः युवा तथा खेलकुदमन्त्री
प्रदीप पौडेल: स्वास्थ्य तथा जनसंख्यामन्त्री
अजय चौरसियाः कानूनमन्त्री
बद्रीप्रसाद पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
रामनाथ अधिकारी कृषिमन्त्री
विद्या भट्टराईः शिक्षामन्त्री
मानवीर राईः रक्षामन्त्री
दिपक खड्काः उर्जा
राजकुमार गुप्ताः संघीय व्यवस्थामन्त्री
ऐनबहादुर शाही ठकुरीः बनमन्त्री



















