अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

वेलकम खबर
असार ३०, २०८१

एजेन्सी ।अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। राष्ट्रपति पदका उमेदवार समेत रहेका ट्रम्पमाथि एक चुनावी र्‍यालीका क्रममा शनिबार साँझ गोली चलेको हो। गोली लागेर ट्रम्प सामान्य घाइते भएका छन् ।

बीबीसीका अनुसार गोली लागेपछि ट्रम्प भुइँमा लडेका थिए।  उनी मञ्चमा बोल्दै गर्दा ठूलो आवाज सुनिएको र लगातार गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन्।

ट्रम्पलाई अमेरिकाको सेक्रेट सर्भिसले तत्कालै गाडीमा हालेर सुरक्षित स्थानतर्फ लगेको बताइएको छ। उनको कान र अनुहारमा रगत बगेको देखिएको छ। घटनास्थलमा एक जनाको शव भेटिएको जनाइएको छ। सो शव सम्भावित आक्रमणकारीको हुन सक्ने अनुमान गरिएको छ।

घटनाबारेमा थप जानकारी आइसकेको छैन। यद्यपि, अनुसन्धान भइरहेको बताइएको छ। राष्ट्रपति जो बाइडेनलाई घटनाको बारेमा तत्कालै ब्रिफिङ गरिएको थियो।

उनी त्यसबेला डेलाभरमा थिए। बाइडेनले अमेरिकामा यस खालको हिंसाका लागि कुनै स्थान नभएको बताउँदै यस्ता घटनाको निन्दा गर्न सम्पूर्ण देश एकताबद्ध हुनुपर्ने बताएका छन्।

उनले एक वक्तव्य जारी गरी ट्रम्प सुरक्षित भएकोमा सेक्रेट सर्भिसको कामप्रति आभार समेत व्यक्त गरेका छन्।

ट्रम्पले एक विज्ञप्ति जारी गर्दै आफ्नो कानको उपल्लो भागमा गोली लागेको र आफू सुरक्षित रहेको बताउँदै अमेरिकी सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*