ताप्लेजुङ गोल्डकप भाद्र ३ देखि हुने

वेलकम खबर
असार २८, २०८१

ताप्लेजुङ । लाखेजात्राको अवसरमा आँउदो भदौ भाद्र ३ गते देखि दोस्रो संस्करणको ताप्लेजुङ गोल्डकप हुने भएको छ ।

आयोजक लाखेजात्रा सञ्चालन समितिको अजा शुक्रबार बसेको बैठकले भाद्र ३ गते देखि १० गतेसम्म ताप्लेजुङ गोल्डकप सञ्चालन गर्ने निर्णय गरेको हो ।
ताप्लेजुङ सदरमुकाम फुङलिङ ४ स्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगितालाई यो बर्ष थप विशिष्ट बनाउने गरि तयारीमा रहेको समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिएका छन ।
अध्यक्ष गुरुङका अनुसार यो बर्ष प्रतियोगिताको प्रथम र दोस्रो पुरस्कार राशी पनि बढाउने तयारी भएको बताए यो बर्ष प्रतियोगितालाई विशिष्ट बनाउन उत्कृष्ठ टिमहरुलाई सहभागी गराउने नेपालका नाम चलेका ‘ए’ डिभिजन क्लबसम्मलाई आमान्त्रण गर्ने तयारी रहेको अध्यक्ष गुरुङको भनाई छ ।
पुरस्कार राशी,टिकट दर र सहभगिता जनाउने टिमहरुको बारेमा श्रावण पहिलो हप्तामा पत्रकार सम्मेलन थप जानकारी दिने उनले अध्यक्ष गुरुङ बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*