संविधानको धारा ७६ (२) अनुसार ओलीलाई प्रधानमन्त्री बनाउने कांग्रेसको निर्णय

वेलकम खबर
असार २२, २०८१

काठमाडौ । नेपाली कांग्रेसले संविधानको धारा ७६ (२ )बमोजिम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ। शनिबार बसेको पार्टी संसदीय दलको बैठकले सो निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीले नेतृत्व गर्नेगरी जुन सहमति भएको छ त्यसलाई कार्यान्वयन गर्न दृढता व्यक्त गर्दछ,’ उनले भने, ‘अहिले जुन राष्ट्रिय सहमतिको सरकारका लागि भएको सहमति भएको छ। त्यो सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम बन्ने सरकार हो। त्यो सरकार नेकपा एमालेका अध्यक्ष माननीय केपी शर्मा ओलीज्यूको नेतृत्वमा बन्छ।’
त्यस्तै, नेकपा एमालेसँग भएको राष्ट्रिय सहमितको सरका बनाउने सहमतिलाई पार्टी बैठकले अनुमोदन पनि गरेको छ।
पहिलोपटक एमाले र दोस्रोपटक नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेगरी सहमति जुटेको कांग्रेसले बताएको छ।

‘नेपाली कांग्रेस र नेकपा (एमाले) बीच राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र यी उद्देश्य प्राप्तिका लागि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलो पटक नेकपा ९एमाले० का अध्यक्ष माननीय के।पी। शर्मा ओली र दोस्रो पटक नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवाले गर्ने गरी भएको सहमतिलाई कार्यान्वयन गर्न यो बैठक दृढता व्यक्त गर्दछ,’ कांग्रेसले भनेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*