अशोक राई नेतृत्वको जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो
काठमाडौ । अशोक राईले नेतृत्व गरेको जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ।
उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालबाट अलग भएका अशोक राईको साथमा प्रतिनिधि सभामा सात जना सांसद छन्।
जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन्।
जसपाबाट प्रदीप यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री, नवलकिशोर साह सुडी वन तथा वातारण मन्त्री तथा हसिना खान स्वास्थ्य राज्यमन्त्री छन्।
यसअघि नेकपा एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ।
संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा ९एमाले० बीच नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री दाहाल अल्पमतमा परेसँगै जेठ २८ गते विश्वासको मत लिने तयारीमा छन्।



















