प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली

वेलकम खबर
असार १७, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।
सोमबार बिहान ओली प्रधानमन्त्री दाहाललाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। पछि‍ल्लो केही दिनयता शीर्ष नेताहरूबीचको भेटघाट र छलफल बाक्लिएको छ।
यसअघि आइतबार पनि ओली, दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका)का सभापति रवि लामिछानेबीच सिंहदरबारमा छलफल भएको थियो।
यो छलफलको कारण भने यसअघि शनिबार एमालेका अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गरेको छलफल हो। देउवालाई घरमै बोलाएर ओलीले तीन घण्टा छलफल गरेपछि सत्तापक्षीय तथा प्रतिपक्षीय दलका शीर्ष नेताहरूको भेटघाट बाक्लिएको हो।

ओलीले देउवासँग भेटघाट गरेपछि विशेषगरी माओवादी पार्टी तरंगित भएको छ। आज कांग्रेस सभापति देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्। बैठक देउवा निवास बूढानीलकण्ठमा दिउँसो ३ बजेका लागि बैठक बोलाएको हो।
उक्त बैठकमा समयसामयिक राजनीतिक वसषयमा छलफल गरिनर् पार्टीका एक नेताले जानकारी दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*