लिम्बुको उद्धारमा प्रयोग भएको हेलिकोप्टरको खर्च पालिका र कोशी सरकार ब्यहोर्ने

वेलकम खबर
असार १५, २०८१

ताप्लेजुङ । पहिरोमा घाइते भएका ताप्लेजुङको सिरिजंगा गाउँपालिकाका पदमबहादुर लिम्बूको उद्धारको लागि  प्रयोग गरिएको नेपाली सेनाको हेलिकोप्टरको खर्च कोशी प्रदेश सरकार र गाउपालिकाले ब्यहोर्ने भएको छ ।

शुक्रबार राति ताप्लेजुङको सिरिजंगा गाँउपालिकामा गएको पहिरोमा परी घाइते भएका लिम्बूलाई जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको शिफारिसमा पालिका र कोशी प्रदेश सरकारले हेलिकोप्टरको खर्च ब्यहोर्ने सर्तमा लिम्बुको उद्धार गरिएको सिरिजंघा गाँउपालिकाका उपाध्यक्ष डाक्टर चित्र मावोले बताए ।
आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीको घाइते लिम्बूलाई विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको मन्त्री अधिकारीले जानकारी दिए।

विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले तत्काल उद्धारका लागि सुरक्षा निकाय, पालिका, जिल्ला सबैलाई सतर्क राखेको उनले बताए। तराई क्षेत्रमा बाढी हुँदा गोताखोर, पहाडी क्षेत्रमा पहिरो जाँदा सुरक्षासँगै राहत, त्रिपाल, खाद्यान्न र पीडितलाई राहतका लागि आर्थिक पाटो सुनिश्चित गरी राखिएको मन्त्री अधिकारीको भनाइ छ।
गत जेठ ३१ गते शुक्रबार ताप्लेजुङकै फक्तालुङ गाउँपालिकामा पहिरो जाँदा एकै परिवारका ४ जनाको मृत्यु भएको थियो। सो घटनामा समेत प्रदेश सरकारले पीडित परिवारलाई ३ लाख रुपैयाँ उपलब्ध गराएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*