हेमराज बने कवितामा प्रथम
ताप्लेजुङ । नेकपा एमालेका तत्कालिन महासचिव स्वर्गिय मदन भण्डारीको ७३ औ जन्मजयन्तीको अवसरमा ताप्लेजुङमा भएको खुला कविता प्रतियोगिताम पाथीभरा याङवरकका हेमराज निरौला प्रथम भएका छन ।
आज नेकपा एमाले पार्टी कार्यालय तथा मदन भण्डारी स्मृति प्रतिष्ठान अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन ताप्लेजुङको आयोजना भएको कविता प्रतियोगिता निरौला प्रथम भएका हुन ।
त्यस्तै फुङलिङ नगरपालिका ३ का हिमालय बराल दोश्रो भएका छन भने फक्ताङलुङ २ मनिकुमार अन्छङ्वो तेस्रो बनेको अनेरास्ववियु ताप्लेजुङका अध्यक्ष विवेक बानियाले जानकारी दिएका छन ।
कवितामा पहिलो,दोश्रो र तेस्रो हुनेलाई क्रमश १० हजार, ७ हजार र ५ हजार सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

२०४९ माघ १४–२० मा सम्पन्न भएको एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीले प्रस्तुत गरेको र पारित भएको ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ । वि।स २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवी प्रसादका माइला छोराका रूपमा मदन भण्डारीको जन्म भएको थियो । वि।स २०५० जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जाने क्रममा दासढुङ्गा दुर्घटनामा मदन भण्डारीको निधन भएको थियो , जुन घटना अहिलेसम्म रहस्यमय छ ।
कार्यक्रमा नेकपा एमाले ताप्लेजुङका अध्यक्ष तथा संविधानसभा सदस्य डम्बरध्वोज तुम्बाहाम्फेले लगायतले मन्तब्य राखेको थिए ।



















