लोकेन लिम्बुको “हङकङ चाईना ३”सार्वजनिक(भिडियो सहित)
ताप्लेजुङ । लोकेन साँवा लिम्बुको निर्देशनमा निर्मित “हङकङ चाईना भाग–३” सार्वजनिक भएको भएको छ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा चलचित्र विकास बोर्डमा शुक्रबार विभिन्न झाँकीसहित आयोजित प्रिमियरमा सोमा च्याब्रुङ नाचबाट पाहुनाको भव्य स्वागत गरी “हङकङ चाईना भाग–३” म्युजिक फिल्म सार्वजनिक गरिएको हो ।
प्रिमियर सो हेरेपछि उपसभामुख रानामगरले नेपाली महिलाहरुलाई चलचित्र,कथा,कविताबाट शिक्षित गदै जानु पर्ने बताउनुभयो । उहाँले नेपालमै सुनमको थैलो नेपालमा भएका कारण नेपालमै केही गर्न उत्साहित फिल्मको माध्यमबाट जनचेतना जगाउनुपर्ने धारणा राख्नुभयो । छोटो चलचित्रबाट पनि आफनो भाषा संस्कृति जर्र्गेना गरेको भन्दै म्यजिक भिडियो निर्माण गर्ने प्रति धन्यवाद ब्यक्त गर्नुभयो ।
प्रतिनिधिसभा सदस्य लिलादेखि बोखिमले आफनो भाषा संस्कृतिको विकासको लागि केही प्रगति भएको बताउदै विभिन्न राजनीतिक दलमा लागेपनि आफनो जातिय संस्कृति जर्गेना गर्नका लागि एक जुट भएर लाग्नुपर्ने बताउनुभयो ।
कोशी प्रदेश सदस्य निर्मला तावाले भाषा,संस्कृति लिपीका कुरा गर्ने चुकेको भन्दै लिम्बु लिम्बु भेट हुदाँ पनि आफनो भाषाबाट बोल्न नसकेको बताउदै सवैले भाषा धर्म संस्कृति जर्गेना गर्न सवै एकजुट भएर लाग्नु पर्ने धारणा राख्नुभयो ।
त्यस्तै किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले भाषा, संस्कृति जर्गेना गरिएको म्युजिक भिडियो सफलतको कामना गर्नु भएको थियो ।
गिता पालुङ्वा अफिसियल युट्युव च्यानलमा म्युजिकल पालाम “हङकङ चाईना भाग–३” को सार्वजनिक गरिएको हो ।
हङकङलाई लामो समय देखि कर्म थलो बनाएर निरन्तर आफ्नो भाषा,धर्म,संस्कृति बचाउ अभियानमा अहोरात्र लागिरहनु भएकी अभियान्ता गिता पालुङ्वाको निर्माण तथा शब्द रहेको उक्त म्युजिकल फिल्म चोकफुङ इन्टरटेन्मेन्ट प्रा.लि. को ब्यानरमा तयार भएको हो ।
म्युजिकल फिल्ममा मनु नेम्बाङ, शिववकुमार सम्बाहाङफेको स्वर, श्याम आङ्लाको संगीत संयोजन,अशोक कुमार राई (लोहोरुङ) को ब्यागराउन्ड म्युजिक, सुनय मान श्रेष्ठको डबिङ साउन्ड डिजाइन रहेको छ ।
भिडियोमा प्रेम सुब्बा, मनु नेम्बाङ, गीता पालुङ्वा,उदय बेघा, सलमान थलङ, धनजीत साँबा, निरोज लिबाङ, बिमला ईवारम, नैना कला वनेम, रत्न लावति लिङ्देन, मन माया आङ्बुहाङ लगायतका कलाकारहरुको अभिनय छ ।
निर्देशक लोकेन लिम्बुले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सभापति गिता पालुङ्वाले२०५६ सालमा लैजा चरी प्रसंसा जिन्दगीको यात्रा,हाङनेले अडियो एल्बम हुदै लिम्बु १,२,३ भिडियो एल्बम निर्माण गरेपछि हङकङ चाईना ३ म्युजिक भिडियो निकाल्न सफल भएको बताउनुभयो ।



















