ताप्लेजुङका आठराई त्रिवेणीकोे एक घर एक धारा ,उज्यालो गाँउपालिका बनाउने (पूर्णपाठ सहित )

वेलकम खबर
असार ११, २०८१

ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिकाले बर्खे अधिवेशनले विभिन्न आर्थिक वर्ष २०८१।०८२ का लागि विभिन्न लोकप्रिय नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सोमवार नीति  तथा कार्यक्रम प्रस्ततु गर्दै पालिका अध्यक्ष दिपेन पोमुले समृद्ध आठराई त्रिवेणी सुखी पालिकाबासी भन्ने नाराका साथ पालिकालाई समृद्ध र सुखी बनाउनका लागि विभिन्न  कार्यक्रम सार्वजनिक गरेको हो ।
प्रस्ततु नीति तथा कार्यक्रममा पूर्वाधार विकास गाउँपालिकाको आवश्यकता दिगो विकास पहिलो प्राथमिकता भन्ने मूल नाराका साथ गाउँपालिकाको पूर्वाधार विकासमा गुरुयोजना निर्माण गरि लागू गर्ने नीति लिइएको उल्लेख गरिएको छ ।
त्यस्तै आर्थिक विकासका आधार पर्यटन पूर्वाधार भन्ने मूल नाराका साथ आन्तरिक आय वृद्धि गर्नका लागि प्राकृतिक भौगोलिक, सामाजिक जातिय र सांस्कृतिक विविधताको कारण पर्यटन उद्योगको प्रचुर  सम्भावना भएको भन्दै पर्यटनको लागि गुरुयोजना निर्माण गरी अघि बढ्ने नीति लिदै पर्यटकीय गन्तव्यको रुपमा पालिका विकास गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै  कृषि तथा पशुपन्छीको विकास र विस्तार समृद्ध आठराई त्रिवेणीको निर्माणको आधार भन्ने मूल नाराका साथ औद्योेगिक ग्रामको पूर्ण रुपमा आवश्यक ठानी भौतिक रुपमा संरचना तयार गरी कोल्ड स्टोर निर्माण गरी कृषि उपजका  जर्गेना गर्ने, गाउपालिका भित्र रहेको जमिनलाई बाझो हुन नदिने, नीति  लिइएको छ ।
पालिकाले ५ वर्ष  पालिकामा सेवा गर्ने शर्तमा स्नातक देखि माथि अध्ययन गर्न चाहनेलाई पालिकाले निशुल्क अध्ययन गराउने नीति लिइएको छ । गुणस्तरीय शिक्षा र रोजगार जीवन समृद्धिको आधार भन्ने मूल नाराका साथ शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप मुक्त गराउने नीति लिइएको छ । प्रत्येक माविले पालिाकाले पहिचान गरेको ठाँउमा वर्षमा एक हजार विरुवा रोप्नु पर्ने नीति ल्याएको स्वास्थ्य हाम्रो पहिलो धन अनि बन्छ समृद्ध र सुखी मानव जीवन भन्ने मूल नाराका साथ रोगको प्रकोप र महामारी नियन्त्रणका लागि विपद व्यवस्थापन कोष बलियो बनाउने नीति लिइएको छ ।
त्यस्तै जटिल जीवनलाई बनाउ सरल सुशासन वृद्धि गर्ने प्रविधिको बल भन्ने नाराका साथ इन्टरनेट सेवा दिगो भरपर्दो तथा फ्रि वाईफाई जोन बनाउने बताईएको छ । पिउ शुद्ध पानी बनाऔ स्वास्थ्य जिन्दगानी भन्ने नाराका साथ मुहान संरक्षण गदै एक घर एक धारा नीति लिइएको छ । हाम्रो गौरव हाम्रो कर, गाँउ विकासमा दिगो भर भन्ने नाराका साथ सबै भन्दा बढी कर तिर्नेलाई सम्मान गर्न शुरु गर्ने उल्लेख गरेको छ ।
जस्ताको छानो गाउँपालिकाको सान फुसको छानो विस्थापित गर्ने हाम्रो अभियान सञ्चालन गर्ने भएको छ। न्यायिक निरुपण गर्न  न्यायिक समितिको क्षमता अभिवृद्धि गदै गरौँ मिलाप, नगरौँ विलाप भन्ने नीति  अघि सारेको प्रस्ततु नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।  पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस  
निति तथा कार्यक्रम2081.82

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*