मैवाखोला गाउँपालिकाको बजेट ४५ करोड चालुतर्फ २६ करोड ५० लाख,पुँजीगततर्फ १८ करोड ६८ लाख

वेलकम खबर
असार १०, २०८१

ताप्लेजुङ  ।  जिल्लाको मैवाखोखोला गाउँपालिकाले आइतबार आयोजित आ.व. २०८१÷८२ का लागि ४५ करोड १९ लाख ५३ हजार ३२ रुपैयाँ बरावरको बजेट सभामा पेश गरेको छ । गाउँपालिकास्थित वडा नं.–३ साँघुको भवनमा आयोजित १५औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष कमल कुमारी लिम्बुले उक्त बजेट र कार्यक्रम पेश गरेका हुन् । चालुतर्फ २६ करोड ५० लाख ९८ हजार २ सय ३२ रुपैयाँ र पुँजीगततर्फ १८ करोड ६८ लाख ५४ हजार ८ सय रुपैयाँ छ । चालुतर्फ पुँजीगतभन्दा ७ करोड ८२ लाख ४३ हजार ४ सय ३२ रुपैयाँ बढि हो । गाउँपालिका उपाध्यक्ष लिम्बुले पेश गरेको कार्यक्रम तथा बजेट अन्तर्गत सामाजिक विकास समितिका लागि २ करोड ४ लाख ७९ हजार ७ सय ९० रुपैयाँ रहेको छ । स्वास्थ्य तथा पोषण कार्यक्रममा ७४ लाख ४७ हजार ७ सय रुपैयाँ छ । खानेपानी तथा सरसफाईमा ३ करोड ७१ लाख ५० हजार ८ सय रुपैयाँ र युवा तथा खेलकुद शिर्षकमा ७५ लाख विनियोजन गरेको छ । लक्षित वर्ग तथा सामाजिक समावेशीकरणअन्तर्गत ७९ लाख ४३ हजार ८ सय ४२ रुपैयाँ छ । भाषा,कला,साहित्य,संस्कृति तथा सम्पदा संरक्षणमा २ लाख,आयूर्वेदतर्फ ५ लाख ५० हजार र आर्थिक विकास समितिअन्तर्गत कृषि विकास कार्यक्रमका लागि ८७ लाख ९९ हजार विनियोजन गरिएको छ । पुशपंछि विकास कार्यक्रमका लागि २२ लाख ५० हजार,सहकारी क्षेत्र विकास कार्यक्रमका लागि ४ लाख,उद्योग,व्यवसाय एवंम उद्यम विकास कार्यक्रमका लागि ४९ लाख रुपैयाँ छ । यसैगरि पर्यटन विकासका लागि ३४ लाख,श्रम तथा रोजगार कार्यक्रमअन्तर्गत अध्यक्ष रोजगार कार्यक्रमका लागि ६० लाख,प्रधानमन्त्री रोजगार कार्यक्रममा ४७ लाख ४८ हजार र पूर्वाधार विकास समितिअन्तर्गत सडक तथा पुल पुलेसा निर्माण तथा मर्मतमा २ करोड ५७ लाख ५० हजार विनियोजन गरेको छ । भवन तथा वस्ती विकासअन्तर्गत ८ करोड ७५ लाख र सूचना संञ्चार र प्रविधिमा २० लाख रहेको छ । वन,वातावरण तथा व्यवस्थापन समितिअन्तर्गत वन तथा जैविक विविधता संरक्षणमा ३ लाख २१ हजार ९ सय रुपैयाँ छ । भु तथा जलाधार व्यवस्थापनअन्तर्गत १ लाख ५० हजार,वातावरण स्वच्छता फोहोरमैला व्यवस्थापनअन्तर्गत ६ लाख र विपद व्यवस्थापन तथा जलवायू अनुकुलन सम्बन्धि कार्यक्रमका लागि १८ लाख रहेको छ । यसैगरि सुसासन तथा संस्थागत विकास समितिअन्तर्गत ७ करोड १० लाख ३८ हजार रकम विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमका अनुसार असार २८ गते अर्को सभाको बैठक आव्हान गरिएको छ । उक्त सभाबाट कार्यक्रम संसोधन गर्न सकिने अध्यक्ष वनेमले बताए ।  रेडियो ताप्लेजुङ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*