स्मृतिमा भीमबहादुर लोकार्पण

वेलकम खबर
असार ६, २०८१

काठमाडौ । ताप्लेजुङका वरिष्ठ सामाजिक व्यक्तित्व भीमबहादुर श्रेष्ठले शैक्षिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक क्षेत्रमा रहेर सामाजिक रुपान्तरण र विकासमा पु¥याउनु भएको योगदानको सम्मानमा प्रकाशित ग्रन्थ ‘स्मृतिमा भीमबहादुर’को आज नेपाल पर्यटन बोर्डमा एक कार्यक्रमका बिच पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा लोकार्पण भयो ।
ताप्लेजुङको पहिलो आधुनिक स्कुल भानु स्कुलको संस्थापक सेक्रेटरीको रुपमा रहेर सामाजिक क्षेत्रमा प्रवेश गर्नुभएका भीमबहादुर श्रेष्ठले उहाँ पछि विभिन्न संघ संस्थाहरुको नेतृत्वदायी भूमिकामा रहेर काम गर्नुभयो । फुङलिङको दुई पटक प्रधानपन्च बन्नुभयो । प्रधानपन्च हुँदा दीर्घकालीन असर हुने र देखिने काम उहाँकै कार्यकालमा सम्पन्न भयो ।
२००७ सालको वरिपरिबाट शैक्षिक संस्थाहरु खुल्न थाल्यो । आफ्नो खाएर अरुको सेवा गर्ने– सामाजिक सेवाको संस्कृति विकास भइसकेको अवस्था थिएन । स्कुल सन्चालक समिति गठन भयो । सन्चालक समितिमा रहने सबै समाजका चल्तापुर्जा मानिसहरु नै थिए । अनि, सबै आ–आफ्नो पेसा व्यवसायमा लागेकाहरु मात्रै । भीमबहादुर श्रेष्ठ फोटोग्राफी र कपडा व्यवसायमा थिए । भीमबहादुर श्रेष्ठले भानु स्कुलको सेक्रेटरीमा चयन भएपछि आफ्नो व्यवसाय फुपू महालक्ष्मी श्रेष्ठलाई जिम्मा लगाएर भानु स्कुलको विकासमा आफुलाई समर्पित गर्ने हिम्मत गरे । त्यो चानचुने कुरा थिएन । पढाइको नेतृत्व एनडी सर र के एम सरले गरे भने व्यवस्थापनको नेतृत्व भीमबहादुर श्रेष्ठले । सन्चालक समितिको अध्यक्ष हर्कजंग मादेन अभिभावकीय भूमिकामा थिए, सक्रिय नेतृत्व सेक्रेटरीले गर्ने चलन थियो । आफ्नो घर, परिवार र पेसालाई पन्छाएर समाजसेवामा पूर्ण रुपमा समर्पित हुनु भयो र आफ्नो सम्पूर्ण जीवन समाज सेवामा समर्पित गर्नुभयो ।
समाजसेवामा लाग्नेलाई हाम्रो समाजले बेकामे पनि भन्ने गरेको छ । भीमबहदुर श्रेष्ठले त्यो बेकामे क्षेत्रमा प्रवेश गर्ने हिम्मत नगरेको भए ताप्लेजुङ बजार क्षेत्रको समाज विकासको गति धिमा नै हुने थियो ।
ताप्लेजुङको पहिलो आधुनिक स्कुल भानु स्कुलको संस्थापक सेक्रेटरीको रुपमा रहेर सामाजिक क्षेत्रमा प्रवेश गर्नुभएको उहाँ पछि विभिन्न संघ संस्थाहरुको नेतृत्वदायी भूमिकामा रहेर समाजसेवामा रहनुभयो । फुङलिङको दुई पटक प्रधानपन्च बन्नुभयो । प्रधानपन्च हुँदा दीर्घकालीन असर हुने र देखिने काम उहाँकै कार्यकालमा सम्पन्न भयो । आफ्नो घर, परिवार र पेसालाई भन्दा समाजसेवालाई प्राथमिकता दिएर अगाडि बढ्ने यी दीर्घ समाजसेवी हाम्रो समाजको एक उदाहरणीय र प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो ।
कार्यक्रम पुर्वमन्त्री डा. भरत प्रधानको सभापतित्वमा सम्पन्न भएको थियो । भानु एल्मुनाइ प्रकाशक रहेको यस ग्रन्थको सम्पादन टंक श्रेष्ठले गर्नुभएको थियो । लोकार्पित ग्रन्थमा १०० जनाको लेख समेटिएको छ । कार्यक्रममा प्रमुख अतिथि पुर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भानु स्कुलका पुर्व प्रधान अध्यापक संविधानसभा सदस्य नन्दकुमार प्रसाईं, सांसदहरु सुशीला श्रेष्ठ र लीला बोखिम र पुर्व प्रधान अध्यापक तुलाराम गुरुङले मन्तव्य राख्नुभएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*