वडा वडामा जनगुनासो संकलन गर्दै ताप्लेजुङको आठराई त्रिवेणी
ताप्लेजुङ । आँउदो असार १० गते पालिकाले ल्याउने बजेटको लागि ताप्लेजुङको आठराई त्रिवेणी गाँउपालिकाले वडा वडामा बजेटमा समेटनु पर्ने विषयका बारेमा छलफल शुरु गरेको छ ।
पालिकाले वडामा आगामी आर्थिक वर्षका लागि समेटनु पर्ने कार्यक्रमको राय सुझाव माग गदै सार्वजनिक सुनुवाई वडा २ फूलबारीबाट शुरु गरेको हो । स्थानीयहरुले पालिकाको विकासका लागि शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पूर्वाधार लगायतमा बजेट विनियोजन हुनुपर्नेमा जोड दिएका थिए । पालिका अध्यक्ष दिपेन पोमुले पालिकाको विकासमा कुनै कसुर बाँकी नराख्ने बताउदै स्थानीयको राय, सुझाव संकलन गर्न वडा वडामा सार्वजनिक सुनवाई गरेको बताए ।
सार्वजनिक सुनवाई कार्यक्रममा पालिका अध्यक्ष पोमु, उपाध्यक्ष शान्ता आङबुहाङ, प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराई, वडा अध्यक्ष टेकिन्द्र सेन्दाङ लगायतले सेवाग्राहीहरुले राखेको प्रश्नहरु जवाफ दिदै आँउदो आवमा पालिकाको विकासमा कुनै कञ्जुस्याँइ नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।



















