ताप्लेजुङका सांसदले गराए गृहमन्त्रीको ध्यानाकर्षण

वेलकम खबर
असार ४, २०८१

काठमाडौ । ताप्लेजुङमा प्राकृतिक प्रकोपका कारण धेरै जनधनको क्षति भएको भन्दै ताप्लेजुङका प्रतिनिधिसभा सदस्यहरुले राहत तथा उद्धार कार्यमा सरकारले विषेश पहल गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन ।
मंगलबार प्रतिनिधिसभा सदस्य योगेश भट्टराई, उर्मिला थेबे र लिला बोखिम काठमाडौमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले गृहमन्त्री रवी लामिछानालाई ध्यानाकर्षण पत्र बुझाउँदै जिल्लाको ताप्लेजुङको विपदमा गंभिर बन्न ध्यानाकर्षण गराएका हुन ।
गृहमन्त्री लामिछानेले ताप्लेजुङको घटनाका विषयमा आफू जानकार रहेको बताउँदै राहत, उद्धार र पुनःनिर्माणमा सरकारले कुनै कसर बाँकी नराख्ने बताए । उनले स्थानीय तह, प्रदेश सरकार, संघका सरकारी कार्यलयहरू र जिल्लाका सांसद्हरू संगको समन्वय र सहकार्यमा सबै कार्य अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

ताप्लेजुङमा अविरल वर्षाका कारण विभिन्न स्थानको सडक, पुल बगाएको छ भने घरनै पुर्दा ५ जनाको मृत्यु भएको छ । जिल्लाका अधिकांश स्थान पहिरो र बाढीको उच्च जोखिममा परेको जिल्ला प्रशासन कार्यालयले निकालेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*